Wednesday, 28 January 2009

दाईजो का केही खबरहरु

गगन थापा को बिहे
चर्चा देश भरी नै भइरहेको छ, उनको भनाइ सबै टिभी,रेडियो,पत्रपत्रिका,साइट,ब्लगमा छाइरहेकाछन् । नेपाली कांग्रेसको समानुपातिक तर्फबाट नयाँ-नेपालको संविधान सभा को निर्माण मा गइसकेका गगन थापाले अस्ति भर्खर विवाह गरेकाछन् । उनले विवाह मा लाग्ने सम्पूर्ण खर्च पाटन अस्पतालको आइसियु को लागि दिने घोषणा पनि गरिसकेका छन् ।
काठमाडौँ उपत्यकामा थापाले यी कुराहरु भनिरहँदा उता पूर्व संखुवासभाको खाँदवारीमा भने विवाहमा मोटरसाइकल,कम्प्युटर,सुन आदी नदिएको भन्दै बेहुला पक्षले बेहुली फिर्ता गरेका छन् । समाचार अनुसार गत आइतवार (२०६५,वैशाख १५ गते) भएको विवाहमा राम्रा कपडा,उच्च गुणस्तरका फर्निचर आदी नदिएको भन्दै खाँदवारी-१० नयाँबजारका बेहुला वसन्तकुमार चापागाईँले बेहुली खाँदवारी-३, झरीथुम्का की वविता पोखरेललाई मंगलबार उनकै घर लगेर छाडेर आएका छन्

नवविवाहिता दुलही दाईजो नल्याएको निहुँमा विवाहको दुई दिनपछि माइतीमा फर्काइएकी छिन्
३ मे, ०८ । एक नवविवाहिता दुलही दाईजो नल्याएको निहुँमा विवाहको दुई दिनपछि माइतीमा फर्काइएकी छिन् । विवाहमा राम्रा कपडा र उच्च गुणस्तरका फर्निचर नदिएको भन्दै दुलाहाले दुलहीलाई माईतीमा ल्याएर छाडेका हुन् ।
खाँदबारी- १० नयाँ बजारका बसन्त चापागाईं र खाँदबारी- ३ झरिथुम्काकी बबिता पोख्रेलको परम्परागत संस्कारअनुसार गत १५ वैशाखमा विवाह भएको थियो । त्यसको पर्सिपल्ट १७ गते दुलहीलाई लिएर दुलाहा ससुराली आएका थिए ।
१८ गते मैतालु फर्काउने तयारी भइरहँदा बसन्त बेहुली लैजान नमानी एक्लै हिँडे । माइती पक्षका अनुसार बसन्तले विवाहमा मोटरसाइकल, कम्प्युटर र सुन नदिएकाले बेहुली घर नफर्काउने बताएका थिए । फूलमाला गर्दा एक तोलाको मात्र सिक्री दिएकाले आफ्नो इज्जत गएको दुलाहाको भनाइ छ । दुलाहाले लैजान नमानेपछि बबिता माइतीमै छिन् ।
विवाहका बेला राम्रा सामान दाइजो नपाएको भन्दै गोड्धुवामा दिइएका भाँडाकुँडा, फर्निचर, ओढ्ने-ओछ्याउने कपडासमेत बेहुलाले लान मानेनन् । छिमेकी द्रोणा पाण्डेका अनुसार बेहुलीलाई घर भित्र्याउनेबित्तिकै उनी 'यो केटीसँग मेरो व्यवहार हुँदैन, म अर्को विवाह गर्छु' भन्दै च्याँठिका थिए । उनले दाइजोमा दिइएका कपडा, सुटकेस 'काम नलाग्ने' भन्दै बेहुलीका आमाबाबुलाई 'कंगाल' भनेर गाली गरेको पाण्डेले बताए ।
बेहुली बबिताका अनुसार बिहेकै दिन बेहुलाले उनलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए । बेहुलाकी आमा, बाबु गणेश र दिदी शारदाले समेत तथानाम बोलेको उनले बताइन् ।

बुहारी जिउँदै जलाउने प्रयास
November 04 2007 जीवन विसी, बाँके । भनेजति दाईजो नदिएको भन्दै यहांस्थित एक परिवारले बुहारीलाई जिउँदै जलाउने प्रयास गरेको छ । शरीरभरी मटितेल खन्याएर सलाई कोर्ने बेला १९ वषी'या सकिरा खातुन फुत्किएर ज्यान जोगाउन सफल भएकी छन् ।
नेपालगन्जस्थित सेतुबिक चोकका इम्तिहाद हल्वाईले आमा नाजमा र बुवा मेहवु अलिको सहयोग लिएर आफनी १९ बषीया पत्नी साकिरा खातुनलाई जलाउन खोजेका हुन् । 'पति र ससुराले समाए । सासुले मटितेल खन्याइन्' साकिराले भनिन्-'सलाई कोर्न खोज्दा फुत्किएर छिमेकीको घरतफ भागंे ।' मटितेलमा भिजेर रुदै-चिच्याउँदै आफूकहां शरण लिन आएको नातेदारले बताएका छन् ।
साकिरा र इम्तिहादबिच दर्ुइबषअघि बिहे भएको थियो । बिहेमा प्रशस्त दाइजो नदिएको रिसमा इम्तिहाद परिवारले उनलाई महिनौदेखि चरम शारीरिक यातना दिदै अँएको थियो । दर्ुइ महिनाअघि पनि पन्यू तताएर गाला र हातमा डांबेको उनले बताइन् । उनीहरुले म्ाोटरर्साईकल र तीन लाख रुपैंया दाईजो मागेका थिए । त्यो पैंसाबाट उनी फनिचर उद्योग खोल्न चाहान्थे । साकिराका माइतीले दाइजो नदिए अर्को बिहे गरेर भए पनि उद्योग खोल्ने भन्दै आएका थिए ।
'दाईजो थोरै भयो भनेर बिहे भएकै दिनदेखि झगडा सुरु भएको हा,े' तातो पन्यूले डाँबेको दाग देखाउँदै उनले भनिन्-'कहिले करेन्ट लगाएर मार्छर्ुुन्थे त कहिले आगो लगाउंछु । कुटपिट र गालीगलौज त हजारांै खाएँ । तैपनि, दिन फर्केला भनेर बसेकी थिए ।' उनको शरिरमा निल डाम छन् ।
चार दिनदेखि भोकै कोठामा थुनेर राखिएकी उनलाई विहिवार बिहान ७ बजेतिर परिवारै मिलेर जलाउन खोजेको हो । दिनदिनै कुटपिट र झैझगडाले वाक्क भएका छिमेकीले समेत आफूलाई जलाउन खोजेको थाह नपाएको उनले बताईन् । परिवारले उनका गर गहना समेत थुतेको एक बषीया दुधे छोरी इकारा पनि नदिएको उनको आरोप छ ।
छोरीमाथि ज्यादती भएको थाह पाएर भारत गोण्डाबाट आएका साकिराका बुवा अब्दुल अजिजले जिउँदै जलाउन खोज्ने ज्वाईमाथि कडाभन्दा कडा कार्बाहीको माग गरेका छन् । 'मेरी छोरीले न्याय पाउनुपर्‍यो' उनले भने,-'यो ठूलो अपराध हो । एउटा गरिब बाबुका लागि यो भन्दा दुःख लाग्दो कुरा के हुनसक्छ ?'
सासु नाजमाले भने बुहारीले लगाएका सबै आरोप गलत भएको दाबी गरेकी छन् । 'उ -बुहारी) छुट्टएिर बस्न चाहेकी थिई । छोराले नमान्दा दिनहुँ झगडा हुन्थ्यो'-उनले भनिन्-'न मट्टतिेल र्छर्केको हो, न मार्ने कोशिस गर्‍यौ । उ आफै घर छाडेर भागेकी हो ।'
मटितेलले भिजेको कपडासहित पीडितले प्रशासनसमक्ष उजुरी गरेका छन् । अनुसन्धानमा पति र पत्नी दुबैतर्फाट दबाबमा परेको प्रहरीले हिरासतमा लिएका साकिरा पति इम्तिहादलाई 'आईतवारसम्म मिल्नका लागि' शनिवार छाडेको छ । तर, घरेलु हिंसा वा ज्यान मार्ने उद्योगमध्ये कुन मुद्दा चलाउने भन्ने निण'य लिन सकेको छैन । 'नातेदारले सकभर मिलाउँछौ भनेकाले एक दिनका लागि इम्तिहादलाई छाडेका हौ'- जिल्ला प्रहरी उपरीक्षक उत्तम कार्कीले भने,-'ज्यान मुद्दा वा घरेलु हिंसामध्ये कुन मुद्दा चलाउने भन्ने आईतवार निणय लिन्छौ ।'

सम्पूर्ण अविवाहित कर्मचारीहरुले विवाहमा दाईजो नलिने र नदिने घोषणा
नेपालीप्रेस डटकम / डिसीनेपाल डटकम - संवाददाताविजय एफ.एमद्वारा सुरु गरिएको सामुदायिक विकासका लागि सामुदायिक सञ्चार अभियान अन्तर्गत सुरुवात आफैंबाट गर्नुपर्छ भन्ने मान्यता अनुरुप दाईजो प्रथालाई निरुत्साहित गर्न विजय एफ.एममा कार्यरत सम्पूर्ण अविवाहित कर्मचारीहरुले विवाहमा दाईजो नलिने र नदिने घोषणा गरेका छन् ।एफ.एम परिसरमा आइतबार सम्पन्न बिषेश बैठकमा सो निर्णय गरिएको हो । स्मरण रहोस सामुदायिक विकासका लागि सामुदायिक सञ्चार अभियान अन्तर्गत यस सामुदायिक रेडियो विजय एफ.एम १०१.६ ले विभिन्न संघसंस्था र गा.वि.स हरुसँग समन्वय गर्दै रेडियो कार्यक्रम मार्फत सामाजिक समस्या समाधानको पहल थालेको छ ।कार्यक्रममा गैंडाकोट क्षेत्रलाई दाईजो निशेधित क्षेत्र घोषणाका लागि रेडियोले खेल्नुपर्ने भूमिकाका बारेमा पनि छलफल भएको थियो । कार्यक्रमको सभापतित्व एफ.एमका स्टेशन म्यानेजर भूमिराज चापागाईले गर्नुभएको थियो ।

दाईजो नल्याएकोमा वुहारी माथी मुद्धा
Author: -क्लिक धरान सम्वाददाता दहेजमा मोटरसाईकल नपाएपछि मोरङको दादरबैरियाको जुखुतमान रायले आफ्नै बुहारी विरुद्ध मुद्धा हालेका छन् । तीन बर्ष अघि भागी विवाह गरेका छोरा अरुण राय र बुहारी सन्तोषी रायलाई करिब एक बर्ष देखि छुट्याएर राखेका राय परिवारले २६ दिन अघि बुहारी, सम्धी , महिला अधिकारकर्मी लगाएत समाजका ११ जना विरुद्ध मुद्धा हालेका छन् । भागी विवाह गरेको ४ महिना सम्म घरैमा बुहारी राखेका उनले माईती पक्षले मोटरसाईकल दिन नसक्ने बताएपछि बुहारीलाई समेत माईत पठाएका थिए । माईती पक्षले पनि घर जान भनेपछि बस्ने ठाउ नभएकोले १७ बषर्ीय बुहारी अहिले महिला पुर्नस्थापना केन्द्र -ओरेक)को विराटनगर स्थित कार्यालयमा बस्दै आएकी छिन् । २०६३ साल चैत ५ गते भागी विवाह गरेको र अरुणको परिवार संगै चार महिना सम्म बसेको सन्तोषीले बताउनु भयो । भागेर भारतको नयाा दिल्ली स्थित पानी पथमा एक महिना सम्म बस्यौ । सन्तोषी भन्नु हुन्छ -मैले लिएर गएको ११ हजार रुपैया सकिएपछि फर्किएर अरुणको घरैमा आयौ । पहिलो चार महिना सम्म सबैले राम्रै व्यवहार गरेका थिए । पछि परिवारका अन्य सदस्य लगाएत श्रीमानले पनि माईतीसंग गाडी वा मोटरसाईकल माग्न भने उहााले भन्नु भयो-मैलेे माईतीले माग अनुशारको सामान दिन नसक्ने बताएपछि उनीहरुले केही महिना माईतमै बस्न भनेर पठाए । लामो समय सम्म पनि लिन नआएपछि रित अनुशार म घर गए तर भित्र पस्न दिएनन । पछि पञ्च बोलाएर गाउलेहरुको दबाबमा घरमा बसाएपछि उनीहरुले मलाई र श्रीमानलाई छुट्टाछुट्टै राखे । घरमा केही समय बसिसकेपछि घर बाट निस्कनु नत्र विष खुवाएर मार्ने धम्की दिएपछि रायले माईती गएको बताउनु भयो । माईती पक्षले जसरी भएपनि घरै गएर बस्न भनेर पठाएपछि उनी अहिले "वल्लो घाट न पल्लो तिर भएर" महिला पुनस्थापना केन्द्र -ओरेक) विराटनगरमा बस्दै आएकी छिन् । भैसीको दुध बेचेर जिवीकोपार्जन गर्ने आफ्ना बुबाले दाईजो दिन नसकेपछि परिवारबाट समेत निस्कनु पर्‍यो । घरबाट निकालेपनि श्रीमान अरुणले भने अहिलेसम्म कुनैपनि नराम्रो व्यवहार नगरेको बताउनु भयो । घरबाट माईतमा बस्न पठाउदा समेत अरुणले सन्तोषीलाई लुकी छिपी भेट्ने गरेका थिए । सन्तोषीले भन्नु भयो-उहाात लुकी लुकी घास काटेकै ठाउमा आएर भेट्नु हुन्थ्यो । उनलाई घर र माईती दुबैतिरबाट निकालेपछि स्थानीय महिला अधिकारकर्मीको सहायतामा ओरेकमा ल्याएर राखेको ओरेकमा कार्यरत विमला भूषलले जानकारी दिनु भयो । हामीले श्रीमान श्रीमती मिलेर बस्नु पर्छ भनेर गएका थ्यौ । तर जुखुतमानले सन्तोषीलाई आफूले नचिनेको, छोराले पनि संगै नराखेको तर अन्य व्यक्तिहरुले जबरजस्ती विबाह गराएको आरोप लगाएर २६ दिन अघि मुद्धा दर्ता गराएका रहेछन् । कानुन अनुशार केटा र केटीको विवाह गर्ने उमेर नभएपछि भागी विबाह गरेकोले मिलाउन खोजेका हौ । समझदारीमा उनीहरु नआएपछि केटीका तर्फबाट पनि अंश र नाताकायमको मुद्धा हाल्ने तयारी भईरहेको छ । तर ससुरा जुखुतमानले बुहारी सन्तोषी संग भने आफ्नो छोरा छोडेर अर्कै केटा संग विवाह गरे विवाहको आधा खर्च आफूले व्यहोर्नै बताएका छन् । अरुण अहिले विराटनगरको एक क्याम्पसमा ११ कक्षामा अध्यनरत रहेका छन् ।
सर्न्दर्भः महिलाविरुद्ध अन्तर्रराष्ट्रीय हिंसा दिवस -१६ दिने अभियान
दाईजो प्रथासँगै जलाउने प्रथा
सधैझै यसपटक पनि अन्तर्रराष्ट्रीय हिंसाविरुद्धको दिवस नेपालमा पनि मनाउदै गर्दा हासरुन इद्रीसी भने जलेको शरिर लिएर अस्पतालको शैयामा लडिरहेकी छन् । नेपालगञ्ज, ८ कसगढ टोलकी उनलाई विहेमा दाईजो कम ल्याएको भन्दै श्रीमान र परिवारले जिउँदै जलाएर मार्न खोजे । हो ।गत कात्तिक २० गते हासरुनको शरीरमा मट्टीतिल खन्याएर, मुखमा कपडा हाली, ट्वाइलेटमा थुनी मार्ने प्रयास गरिएको थियो ।
घरेलु हिंसाको शिकार बनेकी हासरुनले यसअघि पनि दाइजो कम ल्याएको भन्दै परिवारबाट विभिन्न यातना खेप्दै आईरहेकी थिइन् । परिवारले खानासमेत नदिएको उनले बताइन् । वीर अस्पताल ल्याउनु अघि नेपालगञ्ज भेरी अस्पतालमा भेट्दा शरीरका धेरैजसो भाग जलेको थियो । बोल्न सक्ने अवस्थामा थिइनन् उनी । बुबा सुब्हान अलि र आमा जैतुन अलिको अनुहार हेरेर हामीसँग आफ्नो घटनाबारे जानकारी दिने प्रयास गरेकी थिइन् ।
चार बर्षघि बिहे गरेकी उनको तीन महिने छोरा र अर्ढाई बर्षी छोरी छन् । सिलाई पेशाका श्रीमान बसिमले ससुरालीसंग ५० हजार रुपैंया मागेका थिए । नदिए अर्को बिहे गर्ने भन्दै हासरुनलाई शारिरीक यातना दिने गरेको बाबु सुब्हान अलि इद्रिसीले बताए । "गतबर्षयातनाबिरुद्ध प्रहरीमा उजुरी गरेपछि केही समय कम भएको थियो", उनले भने- "अब कुटपिट गर्दिन भनेर मिलापत्र गरेका थिए ।"तर, दाइजोको लोभमा प्रहरी समक्ष गरिएको मिलापत्रलाई बेवास्ता गर्दै हासरुनको शरिरमा आगो लगाउन समेत पछि परेनन् । मार्ने उद्देश्यले आगो लगाएकाले ज्यान मुद्दा चलाएर कडाभन्दा कडा कार्बाही गर्न उनले प्रहरीसंग माग गरेका छन् । 'यस्तो अपराधलाई क्षमा दिन सकिन्न' उनले भने । प्रहरीले बसिम, उनकी आमा र दुइ भाईलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । पीडितसंग बयान लिईसकेको र छिट्टै टुङ्गोमा पुग्ने जिल्ला प्रहरीले जनाएको छ । 'बुझ्दा ज्यान मार्ने उद्देश्यजस्तो देखिन्छ' -प्रहरी उपरीक्षक उत्तम कार्कीले भने- 'पीडितको उजुरी आएपछि अनुसन्धान अघि बढ्छ ।' अस्पतालमा उपचारको लागि राम्रो प्रबिधि नभएकोले काठमाण्डौ पठाइएको अस्पतालका मेडिकल सुप्रिटेण्डेण्ट श्यामसुन्दर यादबले बताउनु भएको छ । स्थानीय प्रशासन र सामाजिक संघसंस्थाको सहयोगमा उपचार भइरहेको हास्ररुन इद्रीसीलाई काठमाण्डौ पुर्‍याउन केयर नेपालले सहयोग गरेको छ । तत्कालीन उपचार खर्च पनि सहयोग गर्र्छौ केयरका चुडा बस्नेते भन्नुभयो- 'थप सहयोगका लागि अन्य सामाजिक संस्थासंग पहल गर्नेछौं ।'
महिलाका हकहितका लागि खोलिएका संघसंस्था हाम्रो देशमा गनिनसक्नु छ तर ति सघंसंस्था मात्र महिलाका नाममा डलर ल्याएर खाने काम गरेका छन् । किन कि आज एउटा महिलामाथि भईरहेको घटनालाई महिलाका हकहितका लागि खोलिएका संस्थाहरु मौन छन् अझ भन्नु पर्दा मोफसलमा कार्यरत महिलाहरु भन्दा पनि राजधानीमा कार्यरत महिलाहरु यस्ता घटनाप्रति चाँसो देखाउदैनन् । मलाई अचम्म लाग्छ महिलाका लागि खोलिएका संस्था र त्यस्ता महिलाहरु प्रति । आज पश्चिमको महिलामाथि यस्तो घटना घटेको छ त भोलि पर्वको महिलामाथि घट्न सक्छ तर केन्द्रमा बस्ने महिला नेत्रीहरु किन चुप लागेर बस्छन् यसतर्फवहाँको ध्यान जान जरुरी छ । मोफसलमा रहेका महिलामाथि ज्यान नै जाने घटना घटोस् तर राजधानीमा बस्ने महिला नेत्री त्यो घटनालाई वेवास्था गरि राजधानीकै अर्को कार्यक्रममा ब्यस्त होलान् । यदि महिला हकहितलागि खोलिएको हो र महिलामाथि घटेका घटनालाई समाधान र सहयोग गर्ने हो भने मात्र हामी त्यस्ता संघसंस्थामा कार्यरत नेत्रीहरुलाई सम्मान र आदर्श गर्दछौं । होइन भने महिलाका नाममा संघसंस्था खोली आफूलाई के केन ठूलो नसम्झे बेस होला । यस्ता घटनाहरु हाम्रो समाजमा बारम्बार सुनिन आउँछ तर हामी स्वयम महिला भएर महिलाका लागि आवाज उठाउन पछि पर्दछौं । यसतर्फपनि सम्पर्ण् महिला र पुरुषको ध्यान जान जरुरी छ । विवाह एउटा पवित्र बन्धन हो यसलाई दाईजोको रुपमा पर्रदशनी गर्ने होइन् । यदि जुन पुरुषले महिला भन्दा बढी दाईजोको लोभ लालच गर्छ र महिलालाई ज्यान मार्ने यातना दिन्छ भने त्यस्ता पुरुषलाई कडा भन्दा कडा कारवाही गर्नु पर्छ । सरकारले कडा कानुन बनाउनु पर्दछ । हासरुन इद्रिसीको उपचारको लागि विभिन्न संघसंस्थाले सहयोग गर्नेतिर सबैको ध्यान जाओस भन्ने आशा राख्न चाहान्छु र यस्तो घटना हाम्रो समाजमा रोक्नको लागि सबै ठाउँबाट पहल हुनर्पर्छ ।
दीपा आले
दाईजो को निहुमा यातना

बीरगंज, आसार २४
७ महिनाको गर्भ बोकेकी २२ बषिर्य खुश्वु कुमारी र्सराफले आफनो परिवारले शारिरिक तथा मानसिक यातना दिएको भन्दै आज आफनै माईस्थानस्थित माईतघरमा पत्रकार सम्मेलनको आयोजना गरी आफनो र आफनो गर्भमा रहेको बालकको सुरक्षा र बाच्ने हक र अधिकार दिलाई दिन सञ्चारकर्मीहरुसंग आग्रह गरेकी थिईन ।
२०६४ साल असार २२ गतेका दिन बीरगंज आर्दशनगर निवासी रामअयोध्या र्सराफका छोरा बर्ष२७ को सावन कुमार र्सराफसंग खुश्वुको मागि बिबाह भएको थियो । शुरुको ३ महिनासम्म आफना श्रीमान, सासु, ससुरा, ननद र देवर सबैले अथाह माया गर्दै आएपनि केही दिनदेखि आफनो हातमा दुवी आएपछि यसलाई त कोडी रोग लागेकोछ भन्दै छि-छि र धुरधुर गर्न थालेको बताईन । त्यसैबेला देखि परिवारका सबैजना मिलेर तलाई कोडी रोग लागेकोले तेरो पेटमा भएको बच्चापनि रोगी छ । त्यसैले त्यसलाई खसाल, हामीलाई न त चाहिन्छ न तेरो बच्चा भनेर जथाभावि कुटने र पिटने गरेको रुदै सञ्चारकर्मीलाई बताईन ।
बिगत ४ महिनादेखि आफुलाई कुटने र कुटने बेलामा आफनो गर्भको बच्चालाई असर पर्नेगरी पेटमै कुटने गरेको समेत आरोप लगाईन । यसबाहेक आफनै श्रीमानले समेत परिवारको कुरामा लागी अब त हामीलाई छाडे जा । होइन भने तलाई हामी मारेर फालिदिन्छौ भनेर झन आफुमाथि अत्याचार गर्न थालेपछि आफुले सहन नसकेर आफनो माईतमा जानकारी गराएको बताईन । यो कुरा परिवारले थाहापाएपछि हिजो रातभरी आफुलाई पिटेको र सहन नसकि यो शरिर लिएर आज बिहानै ३ बजेतिर भागेर आफनो माईत आएको तर आमालाई बोलाउदा बोलाउदै उभ्न नसकेर भुइमा लडेपछि आफुलाई कसले अस्पताल पुर्‍यायो आफुलाई केही थाहा नभएको बताईन ।
यता खुश्वुकी आमा तारादेवी साहले भने आफुले त रामअयोध्या र्सराफले भने जतिकै १ लाख २५ हजार दाईजो दिएको, त्यसबाहेक गरगहना, कपडालत्ता र भाडाकुडाहरु पनि दिएकै थियौ । त्यसबेला त हामीलाई तपाई जे दिनुहुन्छ हामीलाई पुग्छ भनेर सोझो भएर देखाए । तर अहिले आफनो असली चरित्र देखाउदै छन भनेर आक्रोशित भएकी थिईन ।
आमा तारादेवीले अब त्यस्तो घरमा आफनो छोरीलाई नपठाउने किनभने त्यहा पठायो भने ती राक्षसहरुले कुनैपनि बेला मेरो छोरी र पेटमा भएको बच्चालाई मार्छन । बरु आफुले बिबाहमा दिएको र भएको खर्च लिएर यस्ताहरुसंग् नाता नै सधैको लागि तोडिदिनेछौ भनेर भने ।
घटनाको बारेमा जानकारी पाई पत्रकार सम्मेलनमा सहभागि हुनु आई पुगेकी माईती नेपाल पर्साका काउन्सलर रेखा चौधरीलाई यसबारेमा सोध्दा उहाले यसप्रकारको घटनाहरु गाउघरमा भएको सुनिन्थियो । तर अहिले बीरगंज शहरको मुटु मानिने माईस्थानमा यस्तो घटना भएको देख्दा र सुन्दा दाईजो प्रथा र साधारण रोगको बारेमा अहिलेपनि शहरकै मानिसहरुमा चेतना नआईसकेको प्रष्ट भएको बताउनु भयो ।
पिडित खुश्वुले आफुमाथि भएको अत्याचारको बिरुद्धमा आफनो श्रीमान र ससुरा लगायत सपरिवार बिरुद्ध ज्यान मार्ने उधोग र दाईजो मागेको बिषयलाई लिएर प्रहरीमा मुद्धा दिने तयारी गरिरहेकी छिन ।
यता आजको पत्रकार सम्मेलनको बारेमा जानकारी पाएपछि ससुरा रामअयोध्या र्सराफले यो सबै मनगढन्ते कहानी भएको र यसको बारेमा आफुले पनि बुधवारको दिन पत्रकार सम्मेलन गरी सबै कुराको जानकारी दिने बताउनु भयो ।साभार : बिभिन्न वेब साईट हरु

No comments:

Post a Comment