दाईजो का केही खबरहरु
गगन थापा को बिहे
चर्चा देश भरी नै भइरहेको छ, उनको भनाइ सबै टिभी,रेडियो,पत्रपत्रिका,साइट,ब्लगमा छाइरहेकाछन् । नेपाली कांग्रेसको समानुपातिक तर्फबाट नयाँ-नेपालको संविधान सभा को निर्माण मा गइसकेका गगन थापाले अस्ति भर्खर विवाह गरेकाछन् । उनले विवाह मा लाग्ने सम्पूर्ण खर्च पाटन अस्पतालको आइसियु को लागि दिने घोषणा पनि गरिसकेका छन् ।
काठमाडौँ उपत्यकामा थापाले यी कुराहरु भनिरहँदा उता पूर्व संखुवासभाको खाँदवारीमा भने विवाहमा मोटरसाइकल,कम्प्युटर,सुन आदी नदिएको भन्दै बेहुला पक्षले बेहुली फिर्ता गरेका छन् । समाचार अनुसार गत आइतवार (२०६५,वैशाख १५ गते) भएको विवाहमा राम्रा कपडा,उच्च गुणस्तरका फर्निचर आदी नदिएको भन्दै खाँदवारी-१० नयाँबजारका बेहुला वसन्तकुमार चापागाईँले बेहुली खाँदवारी-३, झरीथुम्का की वविता पोखरेललाई मंगलबार उनकै घर लगेर छाडेर आएका छन्
नवविवाहिता दुलही दाईजो नल्याएको निहुँमा विवाहको दुई दिनपछि माइतीमा फर्काइएकी छिन्
३ मे, ०८ । एक नवविवाहिता दुलही दाईजो नल्याएको निहुँमा विवाहको दुई दिनपछि माइतीमा फर्काइएकी छिन् । विवाहमा राम्रा कपडा र उच्च गुणस्तरका फर्निचर नदिएको भन्दै दुलाहाले दुलहीलाई माईतीमा ल्याएर छाडेका हुन् ।
खाँदबारी- १० नयाँ बजारका बसन्त चापागाईं र खाँदबारी- ३ झरिथुम्काकी बबिता पोख्रेलको परम्परागत संस्कारअनुसार गत १५ वैशाखमा विवाह भएको थियो । त्यसको पर्सिपल्ट १७ गते दुलहीलाई लिएर दुलाहा ससुराली आएका थिए ।
१८ गते मैतालु फर्काउने तयारी भइरहँदा बसन्त बेहुली लैजान नमानी एक्लै हिँडे । माइती पक्षका अनुसार बसन्तले विवाहमा मोटरसाइकल, कम्प्युटर र सुन नदिएकाले बेहुली घर नफर्काउने बताएका थिए । फूलमाला गर्दा एक तोलाको मात्र सिक्री दिएकाले आफ्नो इज्जत गएको दुलाहाको भनाइ छ । दुलाहाले लैजान नमानेपछि बबिता माइतीमै छिन् ।
विवाहका बेला राम्रा सामान दाइजो नपाएको भन्दै गोड्धुवामा दिइएका भाँडाकुँडा, फर्निचर, ओढ्ने-ओछ्याउने कपडासमेत बेहुलाले लान मानेनन् । छिमेकी द्रोणा पाण्डेका अनुसार बेहुलीलाई घर भित्र्याउनेबित्तिकै उनी 'यो केटीसँग मेरो व्यवहार हुँदैन, म अर्को विवाह गर्छु' भन्दै च्याँठिका थिए । उनले दाइजोमा दिइएका कपडा, सुटकेस 'काम नलाग्ने' भन्दै बेहुलीका आमाबाबुलाई 'कंगाल' भनेर गाली गरेको पाण्डेले बताए ।
बेहुली बबिताका अनुसार बिहेकै दिन बेहुलाले उनलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए । बेहुलाकी आमा, बाबु गणेश र दिदी शारदाले समेत तथानाम बोलेको उनले बताइन् ।
बुहारी जिउँदै जलाउने प्रयास
November 04 2007 जीवन विसी, बाँके । भनेजति दाईजो नदिएको भन्दै यहांस्थित एक परिवारले बुहारीलाई जिउँदै जलाउने प्रयास गरेको छ । शरीरभरी मटितेल खन्याएर सलाई कोर्ने बेला १९ वषी'या सकिरा खातुन फुत्किएर ज्यान जोगाउन सफल भएकी छन् ।
नेपालगन्जस्थित सेतुबिक चोकका इम्तिहाद हल्वाईले आमा नाजमा र बुवा मेहवु अलिको सहयोग लिएर आफनी १९ बषीया पत्नी साकिरा खातुनलाई जलाउन खोजेका हुन् । 'पति र ससुराले समाए । सासुले मटितेल खन्याइन्' साकिराले भनिन्-'सलाई कोर्न खोज्दा फुत्किएर छिमेकीको घरतफ भागंे ।' मटितेलमा भिजेर रुदै-चिच्याउँदै आफूकहां शरण लिन आएको नातेदारले बताएका छन् ।
साकिरा र इम्तिहादबिच दर्ुइबषअघि बिहे भएको थियो । बिहेमा प्रशस्त दाइजो नदिएको रिसमा इम्तिहाद परिवारले उनलाई महिनौदेखि चरम शारीरिक यातना दिदै अँएको थियो । दर्ुइ महिनाअघि पनि पन्यू तताएर गाला र हातमा डांबेको उनले बताइन् । उनीहरुले म्ाोटरर्साईकल र तीन लाख रुपैंया दाईजो मागेका थिए । त्यो पैंसाबाट उनी फनिचर उद्योग खोल्न चाहान्थे । साकिराका माइतीले दाइजो नदिए अर्को बिहे गरेर भए पनि उद्योग खोल्ने भन्दै आएका थिए ।
'दाईजो थोरै भयो भनेर बिहे भएकै दिनदेखि झगडा सुरु भएको हा,े' तातो पन्यूले डाँबेको दाग देखाउँदै उनले भनिन्-'कहिले करेन्ट लगाएर मार्छर्ुुन्थे त कहिले आगो लगाउंछु । कुटपिट र गालीगलौज त हजारांै खाएँ । तैपनि, दिन फर्केला भनेर बसेकी थिए ।' उनको शरिरमा निल डाम छन् ।
चार दिनदेखि भोकै कोठामा थुनेर राखिएकी उनलाई विहिवार बिहान ७ बजेतिर परिवारै मिलेर जलाउन खोजेको हो । दिनदिनै कुटपिट र झैझगडाले वाक्क भएका छिमेकीले समेत आफूलाई जलाउन खोजेको थाह नपाएको उनले बताईन् । परिवारले उनका गर गहना समेत थुतेको एक बषीया दुधे छोरी इकारा पनि नदिएको उनको आरोप छ ।
छोरीमाथि ज्यादती भएको थाह पाएर भारत गोण्डाबाट आएका साकिराका बुवा अब्दुल अजिजले जिउँदै जलाउन खोज्ने ज्वाईमाथि कडाभन्दा कडा कार्बाहीको माग गरेका छन् । 'मेरी छोरीले न्याय पाउनुपर्यो' उनले भने,-'यो ठूलो अपराध हो । एउटा गरिब बाबुका लागि यो भन्दा दुःख लाग्दो कुरा के हुनसक्छ ?'
सासु नाजमाले भने बुहारीले लगाएका सबै आरोप गलत भएको दाबी गरेकी छन् । 'उ -बुहारी) छुट्टएिर बस्न चाहेकी थिई । छोराले नमान्दा दिनहुँ झगडा हुन्थ्यो'-उनले भनिन्-'न मट्टतिेल र्छर्केको हो, न मार्ने कोशिस गर्यौ । उ आफै घर छाडेर भागेकी हो ।'
मटितेलले भिजेको कपडासहित पीडितले प्रशासनसमक्ष उजुरी गरेका छन् । अनुसन्धानमा पति र पत्नी दुबैतर्फाट दबाबमा परेको प्रहरीले हिरासतमा लिएका साकिरा पति इम्तिहादलाई 'आईतवारसम्म मिल्नका लागि' शनिवार छाडेको छ । तर, घरेलु हिंसा वा ज्यान मार्ने उद्योगमध्ये कुन मुद्दा चलाउने भन्ने निण'य लिन सकेको छैन । 'नातेदारले सकभर मिलाउँछौ भनेकाले एक दिनका लागि इम्तिहादलाई छाडेका हौ'- जिल्ला प्रहरी उपरीक्षक उत्तम कार्कीले भने,-'ज्यान मुद्दा वा घरेलु हिंसामध्ये कुन मुद्दा चलाउने भन्ने आईतवार निणय लिन्छौ ।'
सम्पूर्ण अविवाहित कर्मचारीहरुले विवाहमा दाईजो नलिने र नदिने घोषणा
नेपालीप्रेस डटकम / डिसीनेपाल डटकम - संवाददाताविजय एफ.एमद्वारा सुरु गरिएको सामुदायिक विकासका लागि सामुदायिक सञ्चार अभियान अन्तर्गत सुरुवात आफैंबाट गर्नुपर्छ भन्ने मान्यता अनुरुप दाईजो प्रथालाई निरुत्साहित गर्न विजय एफ.एममा कार्यरत सम्पूर्ण अविवाहित कर्मचारीहरुले विवाहमा दाईजो नलिने र नदिने घोषणा गरेका छन् ।एफ.एम परिसरमा आइतबार सम्पन्न बिषेश बैठकमा सो निर्णय गरिएको हो । स्मरण रहोस सामुदायिक विकासका लागि सामुदायिक सञ्चार अभियान अन्तर्गत यस सामुदायिक रेडियो विजय एफ.एम १०१.६ ले विभिन्न संघसंस्था र गा.वि.स हरुसँग समन्वय गर्दै रेडियो कार्यक्रम मार्फत सामाजिक समस्या समाधानको पहल थालेको छ ।कार्यक्रममा गैंडाकोट क्षेत्रलाई दाईजो निशेधित क्षेत्र घोषणाका लागि रेडियोले खेल्नुपर्ने भूमिकाका बारेमा पनि छलफल भएको थियो । कार्यक्रमको सभापतित्व एफ.एमका स्टेशन म्यानेजर भूमिराज चापागाईले गर्नुभएको थियो ।
दाईजो नल्याएकोमा वुहारी माथी मुद्धा
Author: -क्लिक धरान सम्वाददाता दहेजमा मोटरसाईकल नपाएपछि मोरङको दादरबैरियाको जुखुतमान रायले आफ्नै बुहारी विरुद्ध मुद्धा हालेका छन् । तीन बर्ष अघि भागी विवाह गरेका छोरा अरुण राय र बुहारी सन्तोषी रायलाई करिब एक बर्ष देखि छुट्याएर राखेका राय परिवारले २६ दिन अघि बुहारी, सम्धी , महिला अधिकारकर्मी लगाएत समाजका ११ जना विरुद्ध मुद्धा हालेका छन् । भागी विवाह गरेको ४ महिना सम्म घरैमा बुहारी राखेका उनले माईती पक्षले मोटरसाईकल दिन नसक्ने बताएपछि बुहारीलाई समेत माईत पठाएका थिए । माईती पक्षले पनि घर जान भनेपछि बस्ने ठाउ नभएकोले १७ बषर्ीय बुहारी अहिले महिला पुर्नस्थापना केन्द्र -ओरेक)को विराटनगर स्थित कार्यालयमा बस्दै आएकी छिन् । २०६३ साल चैत ५ गते भागी विवाह गरेको र अरुणको परिवार संगै चार महिना सम्म बसेको सन्तोषीले बताउनु भयो । भागेर भारतको नयाा दिल्ली स्थित पानी पथमा एक महिना सम्म बस्यौ । सन्तोषी भन्नु हुन्छ -मैले लिएर गएको ११ हजार रुपैया सकिएपछि फर्किएर अरुणको घरैमा आयौ । पहिलो चार महिना सम्म सबैले राम्रै व्यवहार गरेका थिए । पछि परिवारका अन्य सदस्य लगाएत श्रीमानले पनि माईतीसंग गाडी वा मोटरसाईकल माग्न भने उहााले भन्नु भयो-मैलेे माईतीले माग अनुशारको सामान दिन नसक्ने बताएपछि उनीहरुले केही महिना माईतमै बस्न भनेर पठाए । लामो समय सम्म पनि लिन नआएपछि रित अनुशार म घर गए तर भित्र पस्न दिएनन । पछि पञ्च बोलाएर गाउलेहरुको दबाबमा घरमा बसाएपछि उनीहरुले मलाई र श्रीमानलाई छुट्टाछुट्टै राखे । घरमा केही समय बसिसकेपछि घर बाट निस्कनु नत्र विष खुवाएर मार्ने धम्की दिएपछि रायले माईती गएको बताउनु भयो । माईती पक्षले जसरी भएपनि घरै गएर बस्न भनेर पठाएपछि उनी अहिले "वल्लो घाट न पल्लो तिर भएर" महिला पुनस्थापना केन्द्र -ओरेक) विराटनगरमा बस्दै आएकी छिन् । भैसीको दुध बेचेर जिवीकोपार्जन गर्ने आफ्ना बुबाले दाईजो दिन नसकेपछि परिवारबाट समेत निस्कनु पर्यो । घरबाट निकालेपनि श्रीमान अरुणले भने अहिलेसम्म कुनैपनि नराम्रो व्यवहार नगरेको बताउनु भयो । घरबाट माईतमा बस्न पठाउदा समेत अरुणले सन्तोषीलाई लुकी छिपी भेट्ने गरेका थिए । सन्तोषीले भन्नु भयो-उहाात लुकी लुकी घास काटेकै ठाउमा आएर भेट्नु हुन्थ्यो । उनलाई घर र माईती दुबैतिरबाट निकालेपछि स्थानीय महिला अधिकारकर्मीको सहायतामा ओरेकमा ल्याएर राखेको ओरेकमा कार्यरत विमला भूषलले जानकारी दिनु भयो । हामीले श्रीमान श्रीमती मिलेर बस्नु पर्छ भनेर गएका थ्यौ । तर जुखुतमानले सन्तोषीलाई आफूले नचिनेको, छोराले पनि संगै नराखेको तर अन्य व्यक्तिहरुले जबरजस्ती विबाह गराएको आरोप लगाएर २६ दिन अघि मुद्धा दर्ता गराएका रहेछन् । कानुन अनुशार केटा र केटीको विवाह गर्ने उमेर नभएपछि भागी विबाह गरेकोले मिलाउन खोजेका हौ । समझदारीमा उनीहरु नआएपछि केटीका तर्फबाट पनि अंश र नाताकायमको मुद्धा हाल्ने तयारी भईरहेको छ । तर ससुरा जुखुतमानले बुहारी सन्तोषी संग भने आफ्नो छोरा छोडेर अर्कै केटा संग विवाह गरे विवाहको आधा खर्च आफूले व्यहोर्नै बताएका छन् । अरुण अहिले विराटनगरको एक क्याम्पसमा ११ कक्षामा अध्यनरत रहेका छन् ।
सर्न्दर्भः महिलाविरुद्ध अन्तर्रराष्ट्रीय हिंसा दिवस -१६ दिने अभियान
दाईजो प्रथासँगै जलाउने प्रथा
सधैझै यसपटक पनि अन्तर्रराष्ट्रीय हिंसाविरुद्धको दिवस नेपालमा पनि मनाउदै गर्दा हासरुन इद्रीसी भने जलेको शरिर लिएर अस्पतालको शैयामा लडिरहेकी छन् । नेपालगञ्ज, ८ कसगढ टोलकी उनलाई विहेमा दाईजो कम ल्याएको भन्दै श्रीमान र परिवारले जिउँदै जलाएर मार्न खोजे । हो ।गत कात्तिक २० गते हासरुनको शरीरमा मट्टीतिल खन्याएर, मुखमा कपडा हाली, ट्वाइलेटमा थुनी मार्ने प्रयास गरिएको थियो ।
घरेलु हिंसाको शिकार बनेकी हासरुनले यसअघि पनि दाइजो कम ल्याएको भन्दै परिवारबाट विभिन्न यातना खेप्दै आईरहेकी थिइन् । परिवारले खानासमेत नदिएको उनले बताइन् । वीर अस्पताल ल्याउनु अघि नेपालगञ्ज भेरी अस्पतालमा भेट्दा शरीरका धेरैजसो भाग जलेको थियो । बोल्न सक्ने अवस्थामा थिइनन् उनी । बुबा सुब्हान अलि र आमा जैतुन अलिको अनुहार हेरेर हामीसँग आफ्नो घटनाबारे जानकारी दिने प्रयास गरेकी थिइन् ।
चार बर्षघि बिहे गरेकी उनको तीन महिने छोरा र अर्ढाई बर्षी छोरी छन् । सिलाई पेशाका श्रीमान बसिमले ससुरालीसंग ५० हजार रुपैंया मागेका थिए । नदिए अर्को बिहे गर्ने भन्दै हासरुनलाई शारिरीक यातना दिने गरेको बाबु सुब्हान अलि इद्रिसीले बताए । "गतबर्षयातनाबिरुद्ध प्रहरीमा उजुरी गरेपछि केही समय कम भएको थियो", उनले भने- "अब कुटपिट गर्दिन भनेर मिलापत्र गरेका थिए ।"तर, दाइजोको लोभमा प्रहरी समक्ष गरिएको मिलापत्रलाई बेवास्ता गर्दै हासरुनको शरिरमा आगो लगाउन समेत पछि परेनन् । मार्ने उद्देश्यले आगो लगाएकाले ज्यान मुद्दा चलाएर कडाभन्दा कडा कार्बाही गर्न उनले प्रहरीसंग माग गरेका छन् । 'यस्तो अपराधलाई क्षमा दिन सकिन्न' उनले भने । प्रहरीले बसिम, उनकी आमा र दुइ भाईलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । पीडितसंग बयान लिईसकेको र छिट्टै टुङ्गोमा पुग्ने जिल्ला प्रहरीले जनाएको छ । 'बुझ्दा ज्यान मार्ने उद्देश्यजस्तो देखिन्छ' -प्रहरी उपरीक्षक उत्तम कार्कीले भने- 'पीडितको उजुरी आएपछि अनुसन्धान अघि बढ्छ ।' अस्पतालमा उपचारको लागि राम्रो प्रबिधि नभएकोले काठमाण्डौ पठाइएको अस्पतालका मेडिकल सुप्रिटेण्डेण्ट श्यामसुन्दर यादबले बताउनु भएको छ । स्थानीय प्रशासन र सामाजिक संघसंस्थाको सहयोगमा उपचार भइरहेको हास्ररुन इद्रीसीलाई काठमाण्डौ पुर्याउन केयर नेपालले सहयोग गरेको छ । तत्कालीन उपचार खर्च पनि सहयोग गर्र्छौ केयरका चुडा बस्नेते भन्नुभयो- 'थप सहयोगका लागि अन्य सामाजिक संस्थासंग पहल गर्नेछौं ।'
महिलाका हकहितका लागि खोलिएका संघसंस्था हाम्रो देशमा गनिनसक्नु छ तर ति सघंसंस्था मात्र महिलाका नाममा डलर ल्याएर खाने काम गरेका छन् । किन कि आज एउटा महिलामाथि भईरहेको घटनालाई महिलाका हकहितका लागि खोलिएका संस्थाहरु मौन छन् अझ भन्नु पर्दा मोफसलमा कार्यरत महिलाहरु भन्दा पनि राजधानीमा कार्यरत महिलाहरु यस्ता घटनाप्रति चाँसो देखाउदैनन् । मलाई अचम्म लाग्छ महिलाका लागि खोलिएका संस्था र त्यस्ता महिलाहरु प्रति । आज पश्चिमको महिलामाथि यस्तो घटना घटेको छ त भोलि पर्वको महिलामाथि घट्न सक्छ तर केन्द्रमा बस्ने महिला नेत्रीहरु किन चुप लागेर बस्छन् यसतर्फवहाँको ध्यान जान जरुरी छ । मोफसलमा रहेका महिलामाथि ज्यान नै जाने घटना घटोस् तर राजधानीमा बस्ने महिला नेत्री त्यो घटनालाई वेवास्था गरि राजधानीकै अर्को कार्यक्रममा ब्यस्त होलान् । यदि महिला हकहितलागि खोलिएको हो र महिलामाथि घटेका घटनालाई समाधान र सहयोग गर्ने हो भने मात्र हामी त्यस्ता संघसंस्थामा कार्यरत नेत्रीहरुलाई सम्मान र आदर्श गर्दछौं । होइन भने महिलाका नाममा संघसंस्था खोली आफूलाई के केन ठूलो नसम्झे बेस होला । यस्ता घटनाहरु हाम्रो समाजमा बारम्बार सुनिन आउँछ तर हामी स्वयम महिला भएर महिलाका लागि आवाज उठाउन पछि पर्दछौं । यसतर्फपनि सम्पर्ण् महिला र पुरुषको ध्यान जान जरुरी छ । विवाह एउटा पवित्र बन्धन हो यसलाई दाईजोको रुपमा पर्रदशनी गर्ने होइन् । यदि जुन पुरुषले महिला भन्दा बढी दाईजोको लोभ लालच गर्छ र महिलालाई ज्यान मार्ने यातना दिन्छ भने त्यस्ता पुरुषलाई कडा भन्दा कडा कारवाही गर्नु पर्छ । सरकारले कडा कानुन बनाउनु पर्दछ । हासरुन इद्रिसीको उपचारको लागि विभिन्न संघसंस्थाले सहयोग गर्नेतिर सबैको ध्यान जाओस भन्ने आशा राख्न चाहान्छु र यस्तो घटना हाम्रो समाजमा रोक्नको लागि सबै ठाउँबाट पहल हुनर्पर्छ ।
दीपा आले
दाईजो को निहुमा यातना
बीरगंज, आसार २४
७ महिनाको गर्भ बोकेकी २२ बषिर्य खुश्वु कुमारी र्सराफले आफनो परिवारले शारिरिक तथा मानसिक यातना दिएको भन्दै आज आफनै माईस्थानस्थित माईतघरमा पत्रकार सम्मेलनको आयोजना गरी आफनो र आफनो गर्भमा रहेको बालकको सुरक्षा र बाच्ने हक र अधिकार दिलाई दिन सञ्चारकर्मीहरुसंग आग्रह गरेकी थिईन ।
२०६४ साल असार २२ गतेका दिन बीरगंज आर्दशनगर निवासी रामअयोध्या र्सराफका छोरा बर्ष२७ को सावन कुमार र्सराफसंग खुश्वुको मागि बिबाह भएको थियो । शुरुको ३ महिनासम्म आफना श्रीमान, सासु, ससुरा, ननद र देवर सबैले अथाह माया गर्दै आएपनि केही दिनदेखि आफनो हातमा दुवी आएपछि यसलाई त कोडी रोग लागेकोछ भन्दै छि-छि र धुरधुर गर्न थालेको बताईन । त्यसैबेला देखि परिवारका सबैजना मिलेर तलाई कोडी रोग लागेकोले तेरो पेटमा भएको बच्चापनि रोगी छ । त्यसैले त्यसलाई खसाल, हामीलाई न त चाहिन्छ न तेरो बच्चा भनेर जथाभावि कुटने र पिटने गरेको रुदै सञ्चारकर्मीलाई बताईन ।
बिगत ४ महिनादेखि आफुलाई कुटने र कुटने बेलामा आफनो गर्भको बच्चालाई असर पर्नेगरी पेटमै कुटने गरेको समेत आरोप लगाईन । यसबाहेक आफनै श्रीमानले समेत परिवारको कुरामा लागी अब त हामीलाई छाडे जा । होइन भने तलाई हामी मारेर फालिदिन्छौ भनेर झन आफुमाथि अत्याचार गर्न थालेपछि आफुले सहन नसकेर आफनो माईतमा जानकारी गराएको बताईन । यो कुरा परिवारले थाहापाएपछि हिजो रातभरी आफुलाई पिटेको र सहन नसकि यो शरिर लिएर आज बिहानै ३ बजेतिर भागेर आफनो माईत आएको तर आमालाई बोलाउदा बोलाउदै उभ्न नसकेर भुइमा लडेपछि आफुलाई कसले अस्पताल पुर्यायो आफुलाई केही थाहा नभएको बताईन ।
यता खुश्वुकी आमा तारादेवी साहले भने आफुले त रामअयोध्या र्सराफले भने जतिकै १ लाख २५ हजार दाईजो दिएको, त्यसबाहेक गरगहना, कपडालत्ता र भाडाकुडाहरु पनि दिएकै थियौ । त्यसबेला त हामीलाई तपाई जे दिनुहुन्छ हामीलाई पुग्छ भनेर सोझो भएर देखाए । तर अहिले आफनो असली चरित्र देखाउदै छन भनेर आक्रोशित भएकी थिईन ।
आमा तारादेवीले अब त्यस्तो घरमा आफनो छोरीलाई नपठाउने किनभने त्यहा पठायो भने ती राक्षसहरुले कुनैपनि बेला मेरो छोरी र पेटमा भएको बच्चालाई मार्छन । बरु आफुले बिबाहमा दिएको र भएको खर्च लिएर यस्ताहरुसंग् नाता नै सधैको लागि तोडिदिनेछौ भनेर भने ।
घटनाको बारेमा जानकारी पाई पत्रकार सम्मेलनमा सहभागि हुनु आई पुगेकी माईती नेपाल पर्साका काउन्सलर रेखा चौधरीलाई यसबारेमा सोध्दा उहाले यसप्रकारको घटनाहरु गाउघरमा भएको सुनिन्थियो । तर अहिले बीरगंज शहरको मुटु मानिने माईस्थानमा यस्तो घटना भएको देख्दा र सुन्दा दाईजो प्रथा र साधारण रोगको बारेमा अहिलेपनि शहरकै मानिसहरुमा चेतना नआईसकेको प्रष्ट भएको बताउनु भयो ।
पिडित खुश्वुले आफुमाथि भएको अत्याचारको बिरुद्धमा आफनो श्रीमान र ससुरा लगायत सपरिवार बिरुद्ध ज्यान मार्ने उधोग र दाईजो मागेको बिषयलाई लिएर प्रहरीमा मुद्धा दिने तयारी गरिरहेकी छिन ।
यता आजको पत्रकार सम्मेलनको बारेमा जानकारी पाएपछि ससुरा रामअयोध्या र्सराफले यो सबै मनगढन्ते कहानी भएको र यसको बारेमा आफुले पनि बुधवारको दिन पत्रकार सम्मेलन गरी सबै कुराको जानकारी दिने बताउनु भयो ।साभार : बिभिन्न वेब साईट हरु
Wednesday, 28 January 2009
Friday, 23 January 2009
समझदारीले सहयोगी बनायो मेरो श्रीमानलाई
– पवन न्यौपाने
मेरो नाम ल्हामो तामांग हो। म सिन्धुपाल्चोक जिल्ला ईचोक गाबिस वडा नम्बर २ मा बस्छु। मेरो घरमा श्रीमान ३ वटी छोरी छौं। हामी ५ जना छौं। रेडियो कार्यक्रम समझदारी म नियमित रुपमा सुन्छु मेरो श्रीमानले पनि सुन्नुहुन्छ। यो कार्यक्रम सुनेर मिलेर काम गर्नुपर्ने रहेछ श्रीमान श्रीमती दुईटै मिलेर काम गर्नुपर्ने रहेछ भनेर हामीले बुझ्यौं। एउटाले एउटा काम गर्ने अर्कोले अर्को काम गर्ने मिलेर काम गर्ने र झगडा नगर्ने भन्ने बुझ्यौं। मैले पनि त्यहि बुझयो मेरो श्रीमानले पनि त्यस्तै बुझनुभएको छ।
यो रेडियो कार्यक्रम समझदारी सुनेदेखी पहिलेभन्दा मेरो श्रीमान पनि निक्कै समझदार हुनुभएको छ। बुझेको छ।समझदारी सुनिरहेको समयमा त्यो श्रीमान श्रीमती मिलेर दुईटै सल्लाह भएर यौन ब्यबहार गर्नुपर्छ भनेर भन्दा त कोहि कोही पुरुष हरुत जुरुक्क उठेर जाँदो रहेछ है शर्म मानेर । बुझदै नबुझीकन गएको होला त्यल्ले बुझेन अनी गयो। मेरे श्रीमानले चाहिँ बुझेर पुरै सुनिरहनुहुन्छ। अनी सुनिसकेपछि सबै बुझेर यस्तो रहेछ भनेर सल्लाह गर्नुहुन्छ।
समझदारी सुन्न थालिसकेपछि त मेरो श्रीमानमा अरुपनि धेरै परिवर्तन आएको छ। आजकल त वहाँ मलाई घरको काममा पनि सघाउनुहुन्छ। मैले भात पकाएँभने वहाँले भाँडा धुनुहुन्छ मैले भाँडा धोएँभने वहाँले भात पकाउनुहुन्छ । म काहिँ जानुपर्ने ठाउमा तालिमहरुमा जान्छु भन्दा जान दिन थाल्नुभएको छ रेडियो कार्यक्रम सुनेपछि। अरुहरुको श्रीमानहरुले त तालिममा जान पनि दिदैन , काम छाडेर कहाँ तालिम सालिममा जाने भनेर कुरा गर्छ। तर मेरो बुढाले त जानु बुझनु सुन्नु भनेर पठाईरहनुभएके छ।
एकपटक म बनेपामा तालिममा गएको थिएँ। तर त्यो बेला श्रीमान घरमा हुनुहुन्न्थ्यो। त्यो बेला ४ दिन तालिममा बसेर घर फीर्दा ससुराले यति ३ ४ दिनसम्म को संग बसेर आयो तिमी राम्रो काम गरेर त आएको होईन भनेर मलाई हिँसा गर्नुभयो। अनी यो कुरा मैले मेरो श्रीमानलाई सुनाएँ। श्रीमानले बुबाले नबुझेर भनेकेा होला म भन्दीन नी भनेर भन्नुभयो।
छोराछोरी पाएर हामीले मात्र दुख गरेर स्याहार गर्ने होईन बाबुले पनि स्याहार गर्नुपर्छ।घरको काम बाहिरको काम दुबै दुईटै मिलेर गर्नुपर्छ भन्नेकुरा अनी हिँसा के हो , हिँसा गर्दा कस्ता कस्ता कानुनहरु रहेछ भन्ने कुरा पनि तालिमबाट मैले बुझेँ। अनी यो कुरा मैले श्रीमानलाई पनि सुनाएँ। वहाँले पनि मैले सुनाएपछि धेरै कुरा बुझनुभयो। आजकल त मेरो श्रीमानले मेरो हरेक काममा सहयोग गर्नुहुन्छ।
श्रीमती तामागले समझदारीका सामुदायिक सम्बाददाता कमला भडारीसंग गरेकेा कुराकानीमा आधारित।

बहु विवाह गरेका ललिते नै लागे हिशा बिरोधी अभियानमा
पवन न्यौपाने / समझदारी टीम
सुर्खेत उत्तर गंगा गा बि श वडा नम्बर २ का ललिते बोगटी रेडियो कार्यक्रम समझदारी का नियमित श्रोता हुनुहुन्छ । भेरी कर्णाली समझदारी रेडियो श्रोता क्लब का सदश्य समेत रहनुभएका बोगटी कार्यक्रम नियमित सुन्ने गर्नुहुन्छ । यो रेडियो कार्यक्रम सुनेर ललिते लाई लाग्यो कि महिला माथि हिशा गर्नु हुन्न रहेछ । ३ वटी श्रीमती बिहे गर्नु भएका ललिते लाई अहिले आएर लाग्यो कि मैले त बहु विवाह गरेर हिशा पो गरेको रहेछु त । त्यसको नै प्रायशचित गर्न अहिले वहाँ नछुटाइ कार्यक्रम सुनेर आफुले सिकेको कुरा साथी भाई हरु लाई पनि सुनाउनु हुन्छ । आजकाल ललिते आफुले गरेको हिशा को पस्चाताप गर्दै अरुलाई पनि हिशा नगर भनेर समझाउनु हुन्छ । केही समय पहिले को अनुभब सुनाउदै ललिते भन्नु हुन्छ " मेरो गाउ मै एउटा केटाले एक केटी लाई बिहे गर्यो पछी त मैले बिहे गरेकै होइन भनेर छोडि दियो अनी मैले ति महिला माथि हिशा भो भनेर त्यो केटा लाई मुद्धा मामिला गरेर त्यो केटी लाई ७०००० हजार रुपैया बिगो बापत दिलायीदिये । आजकाल त ललिते लाई महिला हिशा को बिरोध मा खुलेरै काम गर्न मन लाग्छ , वहाँ भन्नुहुन्छ " मलाई यो चेतना रेडियो कार्यक्रम समझदारी ले नै दिएको हो ।

Wednesday, 21 January 2009
Samajhdari: A Radio Program to look at the intersection between Violence against Women and HIV
About the Radio Program Samajhdari:
Samajhdari ( Mutual Understanding); a thirty minutes radio program produced and presented by Equal Access Nepal under the financial support of UN Trust Fund and technical support of UNIFEM, basically deals with the issues and inter-linkage of VAW and HIV. This program aims at maintaining a mutual understanding between husband and wife, and among other members within the family by making them feel easy to talk and discuss freely on the issues of VAW and HIV. Apart from the above mentioned primary target audience, the program also includes migrants and their spouses, sex workers, survivors of violence, and PLWHA who are at a greater risk of twin pandemics; VAW and HIV.
This interactive radio program incorporating voices and opinions from around the country on the issues related to VAW and HIV in Nepal. Each week the program will feature experts, people living with HIV, survivors of violence, sex workers and a range of other special guests debating some of the key issues and dilemmas facing women survivors of violence and those living with HIV. Through true life profiles, phone-ins and stories from our field based community reporters across Nepal, this lively program will prompt people to rethink their views and ideas around VAW and HIV calling for collective action to end these twin pandemics and the stigma that surround them. Listening to the program, the audience can identify and analyze the interrelationship between HIV and VAW through the recorded voices that are sent by 12 female community reporters from six outreach districts of Nepal. Equal Access Nepal works in partnership with Rural Women's Development and Unity Centre (RUWDUC) in Dadeldhura, AAWAJ in Surkhet, Women's Rehabilitation Centre (WOREC) in Dang, Samjhauta Nepal in Mahottari, Makwanpur Mahila Samuha in Makwanpur, and Mahila Aatmanirbharta Kendra in Sindhupalchwok to mobilize the community level activities along with collecting local voices through the community reporters. Moreover, there are sixty listening sites, ten in each district consisting of 20-25 listeners in each group to listen to the radio program "Samajhdari" and lead a group discussion weekly. Through this community discussion, the program encourages the listeners to take collective actions against VAW and HIV.
At present, the program is weekly broadcast through Equal Access's World Space Satellite Beam 1, CARR 80, BC 1307, Radio Nepal Network and through 16 different other local FM stations throughout the country.
Equal Access Nepal on the Issues of Women's Right
Most of the radio programs in the country prioritize radio contents that are related to the issues of women. Before this particular program, Equal Access Nepal had produced and broadcast radio series that were related to women's right, women empowerment, and equal participation. These kinds of programs include "Sangsangai", the fifteen episodic programs, which focused on the vital issues of women's right. Similarly, "Sundai Feridain", a radio program that included women community reporters of GWP from Nepalgung, Dang, Makwanpur, Chitwan, who were active in the fields of HIV and women empowerment. Equal Access Nepal has also produced the radio program centered on a meaningful participation of women in Constitution Assembly.

Subscribe to:
Posts (Atom)